सिटिजन लाइफले भोलिदेखि  आईपीओ बिक्री खुल्ला गर्दै 

सिटिजन लाइफले भोलिदेखि  आईपीओ बिक्री खुल्ला गर्दै 


बैंकिङ्ग समाचार,काठमाडौं । 
सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गते शुक्रबारदेखि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । अब भने इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले  आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा लगानीकर्ताहरुले भर्दा १९ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।