गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं । 
गरिमा विकास बैंकले ३ लाख ८२ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
यसअघि संस्थापक शेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

ईच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको शेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिने जनाएको छ।