लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले ग्रहण गरे शपथ

लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले ग्रहण गरे शपथ


बैंकिङ्ग समाचार, काठमाडौं ।
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सिलवालबाट प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित रहेको थियो । अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए ।