ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘ग्लोबल कनेक्ट’ कल सेन्टर

ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘ग्लोबल कनेक्ट’ कल सेन्टर


बैकिङ्ग समाचार । 

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ । 
कोभिड–१९ को बढ्दो संक्रमण र लामो समयको लकडाउनका कारण बैंकको कार्यालयमै धाउन पर्ने असहज वातावरणलाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टरको सुरुवात गरिएको बैंकले जनाएको छ । 

प्रविधिको बढ्दो विकाससँगै ग्राहकहरुलाई पनि डिजिटल प्रविधिसँग जोड्ने बैंकको  मुख्य योजना छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले पहिलो चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न समस्या, जिज्ञासा र सूचनाका लागि सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

यसको लागि बैंकको आधिकारिक फोन नम्बर ९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकका हरेक सेवासम्बन्धी सूचना प्राप्त गर्न सकिन्छ । 
ग्लोबल आइएमई बैंकले हालसम्म ७१ जिल्लामा २१८ वटा शाखा तथा ४१ वटा एक्सटेन्सन काउण्टर स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । यस्तै बैंकका मुलुकभर २४३ एटिएम मेसिन जडान गरिसकेको छ जसले गर्दा बैंक प्रविधिमा पनि अब्बल देखिन्छ ।