र्बैकिङ्ग समाचार, काठमाडौं ।
जीवन र निर्जिवन लघुबीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा १३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन तथा निर्जीवन बिमा कम्पनीले उक्त परिमाणबराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्। नयाँ लघुबीमा कम्पनी संचालनमा आएपनि पुराना कम्पनीहरुले लघुबीमा गर्न पाउने व्यवस्थाका कारण हाल संचालनामा रहेका कमपनीहरुले लघुबीमा गराउदै आईरहेका छन्।
तथ्यांकअनुसार चालू आर्थिक वर्ष पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीले २९ लाख २४ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्। उक्त अवधिमा २ हजार १५ वटा बीमालेख मार्फत १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बीमांक बराबरको बीमा भएको छ । ती बीमा लेखमार्फत करिब २९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ ।
उक्त अवधिमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले १३ लाख १९ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेको छ। दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले ४ लाख ९१ हजार र तेस्रो सानिमा जिआइसीले ३ लाख ३८ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
साउनमा प्रभु इन्स्योरेन्सले २ लाख ७७ हजार, शिखर इन्स्योरेन्सले १ लाख ७२ हजार, युनाइटेड अजोडले १ लाख ४२ हजार, एनएजली इन्स्योरेन्सले ६४ हजार, दि ओरिएन्टलले २५ हजार र नेसनल इन्स्योरेन्सले १ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
दुई निर्जीवन माइक्रो इन्स्योरेन्समा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
जीवन बीमा कम्पनीहरुले साउन महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँ लघुबीमा व्यवसायबाट आर्जन गर्न सफल भएका छन् ।
साउनमा सबैभन्दा धेरै लघुबीमा व्यवसाय भित्र्याउने कम्पनी नेशनल भनेको छ । कम्पनीले साउनमा ४ करोड ६४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, सिटिजन लाइफ दोस्रोमा रहेको छ। कम्पनीले साउनमा ३ करोड ३१ लाख रुपैयाँ लघुबीमा व्यवसायबाट भित्र्याएका छन् ।
तेस्रोमा प्रभु लाइफ इन्स्योरेनस कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ करोड ४७ लाख रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ ।
चौथौमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।कम्पनीले यस महिनामा मात्रै १ करोड ३९ लाख रुपैयाँ लघुबीमा व्यवसाय गर्न सफल भएको छ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ९१ लाख रुपैयाँ,मेट लाइफको ३६ लाख रुपैयाँ, सन नेपाल लाइफको ३१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७ लाख रुपैयाँ एशियन लाइफको ६ लाख रुपैयाँ, नेपाल लाइफको ३ लाख रुपैयाँ, एलआईसी नेपालको ५२ हजार रपैयाँ र हिमालयन लाइफको ६ हजार रुपैयाँ लघुबीमा व्यवासय रहेको तथ्यांकले देखाएको छ ।





About Us
प्रतिक्रिया