नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा कृष्ण नकर्मी नियुक्त

नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा कृष्ण नकर्मी नियुक्त


बैंकिङ्ग समाचार,काठमाडौं । 
नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण नकर्मी नियुक्त भएका छन् । कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले कृष्ण नकर्मीलाई नियुक्त गरेको हो ।

कम्पनीको स्वतन्त्र संचालकमा रहेका माधव प्रधानले भदौ ७ गते राजीनामा दिएकोमा रिक्त पदमा नकर्मीलाई नियुक्त गरेको हो ।