जीवन बीमा कम्पनीद्वारा साढे १९ अर्ब  बीमाशुल्क आर्जन, कुनले कति गरे ?

जीवन बीमा कम्पनीद्वारा साढे १९ अर्ब  बीमाशुल्क आर्जन, कुनले कति गरे ?


बैंकिङ्ग समाचार,काठमाडौं ।
जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ वटा बीमा पोलिसी विक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

साउन महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समिक्षा अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

दोस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ ।कम्पनीले यस त्रैमाससम्म्मा ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै,बीमा प्राधिकरणको तथ्यांक अनुसार एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरि, एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ, मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।