काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) रहेका नेपाली समुदायबीच हुने प्रतिष्ठित फुटबल प्रतियोगिता ‘धरान हेल्पिङ ह्याण्ड्स कप २०२५’ को मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ।
धरान हेल्पिङ ह्याण्ड्स र धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा तथा युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने यस प्रतियोगिताको सम्बन्धमा सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा धरान हेल्पिङ ह्याण्ड्सका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णले हस्ताक्षर गरेका छन्।युएईमा आयोजना हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९ (शनिबार) का दिन दुल्स्को भिलेज दुबईमा हुने तय भएकाे छ ।
करिब १८ वटा नेपाली फुटबल क्लबबीच हुने यस प्रतियोगिताको गत वर्षको संस्करण लमजुङ फुटबल क्लबले जितेको थियो।



About Us
प्रतिक्रिया