एनएमबि लघुबित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

एनएमबि लघुबित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी


बैंकिङ्ग समाचार, काठमाडौं । 
एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले  सूचना प्रकाशन गर्दै सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

उक्त पदको लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेको इच्छुक उम्मेद्वारले सुचना प्रकाशित भएको मिति भदौ ९ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।