रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, रुपैयाँ भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार रुपैयाँ र असोजमा नौ अर्ब २८ करोड ६७ लाख २० हजार रुपैयाँ सङ्कलन भएको छ ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।



About Us
प्रतिक्रिया