शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग  समाचार, काठमाडौं । 
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंक लिमिटेडले लिलामी मार्फत २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिकित्ता शेयरको मूल्य १४५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। 

उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा गोप्य बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । आज भदौ ८ गते देखि भदौ १७ गतेसम्म खरिद आवेदन दिन सकिने भएको छ ।