बीमा प्राधिकरणले गलत विवरण प्रविष्ट गर्ने १९  बिमा कम्पनीसँग माग्यो स्पष्टीकरण

बीमा प्राधिकरणले गलत विवरण प्रविष्ट गर्ने १९  बिमा कम्पनीसँग माग्यो स्पष्टीकरण


बैंंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेको भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बीमा कम्पनीहरूको एकीकृत सफ्टवयर आईआरआएमएसमा  कम्पनीहरुले व्यवसायको विवरण पेस गर्दा फरक परेको भन्दै प्राधिकरणले कारवाही गर्न स्पष्टिकरण सोधिएको जनाएको छ ।

साउन १ गते अनसाइट अनुगमनको क्रममा प्राप्त विवरण र कम्पनीले नेपाल बीमा प्राधिकरणको सिष्टारममा पेश गरेको विवरण फरक परेपछि  प्राधिकरणले साउन २९ गते नै पत्र लेखेर कम्पनीहरूसगँ  स्पष्टिकरण सोधेको थियो । अब कम्पनीहरूले बुझाउने लिखित जवाफ हेरेर कारवाहीको निर्णय हुनेछ ।