सर्भेयरको परीक्षा दिनका लागि सूचिकृत हुन नेपाल बीमा प्राधिकरणको आग्रह

सर्भेयरको परीक्षा दिनका लागि सूचिकृत हुन नेपाल बीमा प्राधिकरणको आग्रह


बैंकिङ्ग समाचर, काठमाडौं । 
नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आग्रह गरेको छ ।

बीमा ऐन, २०७९ जारी भए पश्चात् बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज भदौ ७ को मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिएका व्यक्तिलाई सर्भेयरको परीक्षा दिनका लागि सूचिकृत हुन बीमा प्राधिकरणले आज एक सुचना प्रकाशति गर्दै यस्तो जनाएको हो । 

सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र प्राधिकरणको इमेलमा पठाउन आग्रह गरेको हो ।