सिंगटी हाइड्रोको लाभांश घोषणा


काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।