ग्लोबल आइएमई बैंकको ४१औँ एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा

ग्लोबल आइएमई बैंकको ४१औँ एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा


बैकिङ्ग समाचार । 
ग्लोबल आइएमई बैंकले लमजुङ्गको बेसीशहरस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट बेसीशहरस्थित मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त काउण्टर बैंकको ४१औँ एक्सटेन्सन काउण्टर हो । काउन्टरको उद्घाटन कोष तथा लेखा नियन्त्रक कार्यालया लमजुङ्गका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरेका हुन् । 

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा दिदै आइरहेको छ ।