सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी,भदौ १२ गतेसम्म आवेदन दिन आह्वान

सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी,भदौ १२ गतेसम्म आवेदन दिन आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि चिफ फाइनान्स अफिसर / हेड अफ फाइनान्समा असिस्टेन्ट म्यानेजर / डेपुटी म्यानेजरका लागि कर्मचारी माग गरेको हो । 

आवेदन दिनका लागि म्यानेजमेन्टबाट मास्टर तथा चाटर्टेड एकाउन्ट गरेको र कम्तीमा पनि इन्स्योरेन्स, बीएफआई तथा सम्बन्धित क्षेत्रमा अफिसरमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । २८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ईच्छुक तथा योग्यता पुगेकाले भदौ १२ गतेसम्म आवेदन दिनुपर्नेछ ।