३७ प्रतिशतले बढ्यो ओरियन्टल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ,बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि

३७ प्रतिशतले बढ्यो ओरियन्टल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ,बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि


बैंकिङ्ग समाचार, काठमाडौं । 
ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ओरियन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । 

खुद नाफा अघिल्लो वर्षको भन्दा ३७.५९ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यस इन्सुरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार १ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको यसै अवधिमा बीमा कोष १ अर्ब १५ करोड थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बृद्धि भएको छ ।

अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५८ करोड ३३ लाख ५६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५७ करोड ६२ लाख २९ हजार दाबी भुक्तानी गरेको थियो । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या ९९२ रहेको छ ।