ग्लोबल आइएमई बैंकद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

ग्लोबल आइएमई बैंकद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण


बैकिङ्ग समाचार । 
ग्लोबल आइएमई बैंकले  ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको हो । 

सोमबार एक कार्यक्रममा बैंकको गाइघाट शाखाका प्रवन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै शाखा प्रवन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुर लाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 

जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको २० थान ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउनेर ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए । 

उक्त कार्याक्रममा बैंक तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका विभिन्न व्यक्तिहरुसँगै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।