अत्याधिक धुवाँ फाल्ने ३७ ओटा सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

राजधानीका विभिन्न स्थानमा भएको चेकिङको क्रममा सवारी जाँचपास नभएका तथा अत्याधिक धुवाँ फाल्ने भाडा बस १६, पिक अप भ्यान १४,  स्कुल बस ४, निजी कार २ र भाडा कार एउटा गरी ३७ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो  । 

नियन्त्रणमा लिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अवस्था ठिक नभएको सवारी साधन चलाउन नहुने कसुरमा कारबाही गरिने प्रहरीले जनाएको छ ।