२ बैंक सहित ४ कम्पनीको ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत, कसको कति  ? 

२ बैंक सहित ४ कम्पनीको ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत, कसको कति  ? 


बैकिङ्ग समाचार ।
बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । बुधबार २ बाणिज्य बैंक, १ हाइड्रो कम्पनी र १ फाइनान्स कम्पनी गरी कुल ३ करोड २७ लाख ९७ हजार ९ सय ८० दशमलव ५६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

कसको कति शेयर सुचिकृत ? 

एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४ सय ५७ दशमलव ५९ कित्ता बोनस शेयर ।

जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८ दशमलव ६६ कित्ता बोनस शेयर ।

नेपाल एसबिआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० दशमलव ३१ कित्ता बोनस शेयर ।

बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २ सय ६४ कित्ता बोनस शेयर ।