ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा २० प्रतिशत छुट

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा २० प्रतिशत छुट


बैकिङ्ग समाचार ।
ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिशतमा छुट दिने सम्झौता भएको छ। मंगलबारको दिन बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो।

सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थकेयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर प्रमोद कुमार यादवले हस्ताक्षर गरे।

काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन्। बैंकका देशभर रहेका ग्राहकले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिनसक्ने बताइएका छन्।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा दिदै‌ आईरहेको छ।