आईएमई लाईफ चौथो बर्षमा, बीमा जनचेतना र व्यवसाय समृद्धि बनाउने प्रतिबद्धता

आईएमई लाईफ चौथो बर्षमा, बीमा जनचेतना र व्यवसाय समृद्धि बनाउने प्रतिबद्धता


बैकिङ्ग समाचार ।
आईएमई लाईफ चौथो बर्षमा, बीमा जनचेतना र व्यवसाय समृद्धि बनाउने प्रतिबद्धता
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्ने लगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ ।

कम्पनीले बार्षिकोत्सवको अवसरमा बीमा जनचेतना जगाउँदै बीमा व्यवसायलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका निमित्त प्रमुख दिनेश अमात्यले बार्षिकोत्सवको अवसरमा भने, ‘हामी बीमा जनचेतनाको माध्यमबाट बीमा व्यवसायलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

२०७४ साल भाद्र १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनीले तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । कूल एक अर्ब ४० करोड चुक्ता पुँजि रहेको कम्पनीको जारी पुँजि दुई अर्ब छ । कम्पनीले छिट्टै आईपिओ निष्काशन गरी चुक्ता पुँजि दुई अर्ब पुर्याउने लक्ष्यमा अघि बढिरहेको जनाएको छ ।

कम्पनीले नयाँ सिईओ नियुक्त गर्ने प्रक्रिया समेत अघि बढाउने क्रममा रहेको छ । हाल कम्पनीको सहायक महाप्रबन्धक दिनेश अमात्यले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

आईएमई ग्रुपद्वारा प्रबद्र्धित कम्पनीले सञ्चालनको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आईएमई लाईफको बीमा कोषमा एक अर्ब ४६ करोड संचित गरिसकेको छ । 

कम्पनीले गत आवमा ५४ प्रतिशत बजार विस्तार गर्न सफल भएको छ । २०६५ सालमा दर्ता भएको कम्पनीले नौ वर्षपछि बीमा समितिका औपचारिक रुपमा अनुमति पाएपछि बीमा कारोबार सुरु गरेको थियो ।