कठमाडौं – सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको ८४औं बैठकले सो निर्णय गरेको हो।
कम्पनीले दरम खोला ए जलविद्युत आयोजनाको निर्माणका लिईएको सहवित्तीयकरण ऋण कर्जाको ५० प्रतिशत भन्दा पनि बढी भुक्तानी भईसकेको हुँदा उक्त सहवित्तीयकरण ऋण कर्जा लिँदा र त्यसपश्चात् विभिन्न समयमा यस कम्पनीको शेयरधनीहरु र पदाधिकारीहरुबाट सहवित्तीयकरण बैंकहरुमा राखिएको शेयर धितो मध्ये सबै शेयरधनीहरु र पदाधिकारीहरुको ५० प्रतिशत शेयर धितो फुकुवा गर्ने निर्णय गरेको छ ।
साथै, उक्त कार्यका लागि सहवित्तीयकरण बैंकहरुको अगुवा बैंक नेपाल बैंक लिमिटेडलाई अनुरोध गर्ने लगायत आवश्यक सम्पूर्ण कार्य गर्नकम्पनीका लेखा अधिकृत कृष्ण चालिसेलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।



About Us
प्रतिक्रिया