ग्लोबल आइएमई लघुवित्तले माग्यो  कर्मचारी, १५ दिनभित्र आवेदन दिन आह्वान

ग्लोबल आइएमई लघुवित्तले माग्यो  कर्मचारी, १५ दिनभित्र आवेदन दिन आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्तले ४ पदका लागि  कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले  विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो ।

व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

साथै, दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले उल्लेख गरेको छ । आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले तोकिएको कागजातसहित सूचना प्रकाशित मिति भदौ १ ले १५ दिनभित्र संस्थाको वेवसाइट  मा गएर आवेदन दिन सकिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।