कुलमानको नेतृत्वले  सुध्रिएको प्राधिकरणः ८ अर्ब घाटा पन्छाएर ४ अर्ब सञ्चित नाफा

कुलमानको नेतृत्वले  सुध्रिएको प्राधिकरणः ८ अर्ब घाटा पन्छाएर ४ अर्ब सञ्चित नाफा


बैकिङ्ग समाचार ।
केही वर्ष अघि नेपाल विद्यु प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड थियो। त्यतीबेला प्राधिकरणको कूल नोक्सानी ३४ अर्ब ६० करोड पुगेको थियो।

बितेका चार वर्षमा प्राधिकरणको यो वित्तीय आँकडा परिवर्तन भएको छ। गएको वर्ष प्राधिकरण सञ्चित नाफामा गएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेर प्राधिकरण ४ अर्ब ८६ करोड सञ्चित नाफामा गएको छ।

२०६८ सालमा धिकरणको नोक्सानी बढ्दै गएर सरकारले अपलेखन गरी शून्यमा पनि झारिदिएको थियो। त्यसपछि फेरि नोक्सानी थपिंदै गएर २०७३ सालमा ३४ अर्ब कूल नोक्सानी पुगेको थियो।

त्यसपछिका वर्षमा प्राधिकरणले निरन्तर नाफा कमाउँदै नोक्सानीलाई शून्य बनाएर करिब पाँच अर्ब सञ्चित नाफाको सुविधाजनक वित्तीय अवस्थामा पुगेको छ।

गएको चार वर्षमा प्राधिकरणको बिजुली चुहावटमा पनि उल्लेख्य कमी आएको छ। २०७३ सालमा २५.७८ प्रतिशत चुहावट भएको बिजुली गएको वर्ष १५ प्रतिशतमा सिमित भएको छ।

त्यस्तै यो बीचमा बिद्युतको पहुँच पनि विस्तार भएको छ। गएको चार वर्षमा २९ लाखबाट ४२ लाख पुगेको छ।

बिजुली आयातका सन्दर्भमा गएका चार वर्षमा पछिल्ला २ वर्ष करिब समान रहेकोमा गएको वर्ष भने घटेको छ।