देशभरका विभिन्न स्थानमा वर्षासँगै हिमपात, कस्तो छ बाढी पहिरोको जोखिम ?


काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले आज दिनभर देशका ५ वटा प्रदेशमा मौसम बदली रहने बताएको छ । बंगालको खाडीमा उत्पन्न ‘मन्था’ चक्रवतका कारण देशका ५ प्रदेशमा वर्षा तथा उच्च हिमाली भागमा हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू(भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।