अपर तामाकोशीले भदौ १८ देखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?

अपर तामाकोशीले भदौ १८ देखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?


बैंकिङ्ग समाचार, काठमाडौ। 
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १० अर्ब ५९ करोडको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा साउन २५ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। 

यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन्। 

असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ। तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनुपर्नेछ।