गोर्खाज फाइनान्सकी सञ्चालक नीलम बोहराले दिइन् राजीनामा


काठमाडौं – गोर्खाज फाइनान्स संस्थाको सञ्चालक नीलम बोहराले राजीनामा दिएकी छिन् । बोहराले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएकी हुन्।  

संस्थाको कात्तिक ११ गते बसेको सञ्चालक समितिको ५३२ औँ बैठकको निर्णयअनुसार बोहराको राजीनामा स्वीकृत भएको छ ।