काठमाडौं – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया