हिमालयन एभरेष्ट इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति

हिमालयन एभरेष्ट इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति


बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको अधिंकाश सूचकमा सुधार देखिएको छ।

चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४ प्रतिशतले बढेको छ।

२ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको लगानी, अन्य कर्जाबाट आम्दानी भने यस अवधिसममा २२ प्रतिशतले घटेको देखिएको छ।कम्पनीको चुक्ता पुँजि ५ प्रतिशतले घटेर २ अर्ब ३० करोड रुपैयाँमा सिमित भएको छ।

त्यस्तै जगेडा कोष २१ प्रतिशतले घटेर ६९ करोड ८ लाख रुपैयाँमा संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो ।