यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, अन्य सूचांकमा प्रगति

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, अन्य सूचांकमा प्रगति


बैंकिङ्ग समाचार, काठमाडौं । 
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचकमा बृद्धि भएको छ ।  

१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ संचती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ संचिती थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जगेडा कोषमा संचिती बढेको हो ।

मर्जरको प्रभाव र आर्थिक मन्दीको समस्याको असर युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीमा देखिएको हो । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ३१ करोड ८८ लाखबाट झरेर २९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आथिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ८ प्रतिशतले घटेको हो ।

गत असार मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको यस्तो शुल्क ५ प्रतिशतले बढेर ३ अर्ब ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले खुद दाबी भुक्तानी १४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले यस समिक्षा अवधिमा ४१ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ६१ पैसा रहेको छ भने किताबी मुल्य १७२ रुपैयाँ ९३ पैसा रहेको छ ।