नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्कसँगै बढ्यो खुद नाफा

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्कसँगै बढ्यो खुद नाफा


बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बीमाशुल्क आर्जन १९।३२ प्रतिशत ले बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि सुधार भएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी भने १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ मात्र रहेको छ । रिजर्भ कोष २२।६० प्रतिशत र बीमा कोषको आकार २६.४८ प्रतिशत ले बढेको छ ।

असार मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा छ ।
यस अवधिमा कम्पनीले २९ करोडमाथि खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा २८ करोड १५ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी सामान्य बढी तिरेको हो ।