एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी सम्झौता

एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी सम्झौता


बैकिङ्ग समाचार । 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ। ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।

भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।

हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।