रिलायवल नेपाल लाइफको आइपीओ बाँडफाँड मिति तोकियो

रिलायवल नेपाल लाइफको आइपीओ बाँडफाँड मिति तोकियो


बैंकिङ्ग समाचार, काठमाडौं । 
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भोलि हुने भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले भोलि  बाँडफाँट हुने जनाएको छ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार १५ लाख ५३ हजार ९५६ आवेदकबाट १ करोड ८३ लाख ११ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको हो । 

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले छुट्याइएको छ।