राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क साढे ८ अर्ब, चुक्ता पुँजी २ अर्ब माथि

राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क साढे ८ अर्ब, चुक्ता पुँजी २ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं । 
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ भने बाँकी अन्य सूचकमा बृद्धि भएको छ ।

गत आर्थिक बर्षको असारसम्ममा कम्पनीले ८ अर्ब ४९ करोड रुपैयाा खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीको व्यवस्थापन खर्च अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा कम्पनीले ४ अर्ब २९ करोड ३९ लाख ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद दाबी भुक्तानी बढी गरेको हो ।

३७ अर्ब रहेको जीवन बीमा कोष संस्थानले बढाएर ४७ अर्ब रुपैयाँ पुराएको छ भने पुँजि वृद्धि गरेर २ अर्ब २ करोड रुपैयाँ पुराएको छ।