काठमाडौं । आज नेपालीहरुको दोस्रो महान चाड तिहारको मूख्य अर्थात विशेष दिन भाइटिका लगाएर मनाईँदैछ । देशभर भाइटिका लगाएपछि तिहारका ५ दिनमध्येको मूख्य दिन समेत सकिन्छ । यसक्रममा दिदिबहीनिहरुले आफ्ना दाजुभाइहरुलाई श्रद्धा, आस्था र दिर्घायूको कामनासहित टिका लगाइन्छ ।
आफूलाई टिका लगाइसकेपछि दिदिबहीनिलाई समेत टिका लगाएर दक्षिणा लगाइदिने प्रचलन छ । तिहारको मूख्य दिन अर्थात आजको साइत ११ बजेर ३९ मिनेट रहेको छ । नेपाल पञ्चांग निर्णयक विकास समितिले ११ बजेर ३९ मिनेट उत्तम साइत रहेको जनाएको छ ।



About Us
प्रतिक्रिया