सुन्दर यातायातले ल्यायो भाडा तिर्न \’स्मार्ट कार्ड\’

सुन्दर यातायातले ल्यायो भाडा तिर्न \’स्मार्ट कार्ड\’


बैकिङ्ग समाचार । 
राजधानीमा विद्युतिय सवारी साधन सुन्दर यातायात प्रालीले क्यास लेस भाडा तिर्न मिल्ने स्मार्ट कार्ड संचालनमा ल्याएको छ।

यातायातले आई-पे प्राली (ई-सेवा) सगँको सहकार्यमा ई–पेमेन्ट सेवा सुरु गरेको छ। यो ई-पेमेन्ट सिस्टम सुन्दर यातायात मात्र नभई जुनसुकै सार्वजनिक यातायातले राख्न सक्ने आई-पे प्रालीका निर्देशक अमृतमान तुलाधरले जानकारी दिए।

‘यसलाई एटिएम कार्डझै‌ स्वाइप गरेर सजिलै प्रयोग गर्न सकिन्छ। २०० मा खरीद गरेको कार्डले २५० को यात्रा गर्न मिल्ने छ,’ उनले भने ‘त्यस्तै कुनै पनि यातायात कम्पनीले यो सिस्टम राख्न चाहेमा डिभाइसको ५ हजार मात्र तिर्नुपर्ने हुन्छ।'

यो कार्ड डिभाइस जडान गरिएको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–सेवाबाट अनलाईन खरीद गर्न मिल्ने र बैंक एकाउन्टबाट रिचार्ज गर्न सकिने तुलाधरले जानकारी दिए।

यो कार्ड सोमबारबाटै ग्राहकलाई उपलब्ध गराउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

‘हाम्रो गाडीहरुमा भोलिबाटै यो सेवा सुरु गर्छौं र सकेसम्म छिट्टै अरु यातायातलाई पनि उपलब्ध गराउँछौं,’ थापाले भने।