सनराइज बैंकको घरकर्जा: ब्याजदर ८.९५ %

सनराइज बैंकको घरकर्जा: ब्याजदर ८.९५ %


बैकिङ्ग समाचार । 

सनराइज बैंक लिमिटेडले घरकर्जा ८ दशमलव ९५ प्रतिशत कायम गरेको छ। बैंकले यो कर्जा ४० वर्षका लागि दिने घोषणा गरेको हो।

तर अन्य बैंकको तुलनामा सनराइजको ब्याजदर अलि महँगो भने छ।

हिमालयन बैंकले घरकर्जा ८ दशमलव ४९ प्रतिशत, सिद्धार्थले ७ दशमलव ९९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७ दशमलव २५ प्रतिशत कायम गरेका छन्। 

त्यस्तै नबिलले ७ दशमलव ९९ प्रतिशत, एनआइसी एसियाले ८ दशमलव २५ प्रतिशत, ग्लोवल आइएमइले ८ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।