आइसिएफसि फाइनान्सको ब्याज आम्दानी ४ करोड ३८ लाखले बढ्यो

आइसिएफसि फाइनान्सको ब्याज आम्दानी ४ करोड ३८ लाखले बढ्यो


बैकिङ्ग समाचार ।

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षमा ४० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ४ करोड ३८ लाख रुपैयाँले धेरै हो । अघिल्लो आवमा फाइनान्सले ३६ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आवमा फाइनान्सले १२ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवमा फाइनान्सको नाफा भने करिब ४ करोड रुयौयाँले घटेको छ । सो अवधिमा फाइनान्सको खुद नाफा १० करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा फाइनान्सले १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

गत आवमा फाइनान्सले कर्मचारीमा १३ हजार ७४ लाख, अन्य सञ्चालन खर्चमा ९ करोड ६६ लाख र डिप्रिसियसनमा एक करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ ।

कोरोनाका कारण ठप्प रहेका उद्योग धन्दालाई राहत तथा सहुलियत दिनु पर्दा बैंकको आम्दानीमा असर पुगेको हो ।

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावीत उद्योग व्यवसायलाई ब्याजदरमा छुट दिने तथा कर्जा तिर्ने समय अवधि थप गरेपछि बैंकहरुको आम्दानी प्रभावित भएपनि गत आवमा फाइनान्सको वितरण योग्य नाफा ९ करोड २५ लाख रुपैयाँ रहेको छ ।

गत आवमा फाइनान्सले जोखिम व्यवस्था वापत ९ करोड ८७ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो आवमा बैंकले उक्त शिर्षकमा एक करोड ९४ लाख रुपैयाँ छुट्याएको थियो ।

हाल चुक्ता पूँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको सञ्चित कोषमा २८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा फाइनान्सको प्रतिशेयर आम्दानी १६.२८ रुपैयाँ रहेकोमा गत आवमा घटेर ११.०८ रुपैयाँमा सिमित भएको छ । गत आवमा फाइनान्सको कष्ट अफ फण्ड ८.४१ प्रतिशत, आधार दर १०.२४ प्रतिशत छ । गत आवमा फाइनान्सको स्प्रेड रेट ४.९१ प्रतिशत रहेको छ । गत आवमा फाइनान्सको खराब कर्जा अनुपात  ०.४९ प्रतिशत छ ।