रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि

रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि


बैकिङ्ग समाचार । 
रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

शनिबार भैरहवामा १४ जना संक्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेको  बताइएको छ ।  

यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआर्इ बैंकका एक जना कर्मचारीमा मात्र संक्रमण पुष्टि भएको थियो। 

तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय सिल गरिएको छ।

यस्तै, शनिबार बुटवल उपमहानगर क्षेत्रमा तीन जना संक्रमित थपिएका छन्।