ग्लोबल आइएमई बैंकको सिईओमा रत्नराजको ‘कमब्याक, सबल कार्यसम्पादनको अपेक्षा 

ग्लोबल आइएमई बैंकको सिईओमा रत्नराजको ‘कमब्याक, सबल कार्यसम्पादनको अपेक्षा 


बैकिङ्ग समाचार ।
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै पुनः नियुक्ती गराउन पाउँदा आफूलाई खुसी लागेको उनले बताए । अब बैंक थप मजवुद बन्ने उनले विस्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक अधिकांश सूचकका आधारमा नेपालकै ठूलो बैंक हो । दुई ठूला बैंकहरु ग्लोब आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए ।

कुंवरले राजिनामा दिएपछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई लगिएको हो । बज्रचार्य लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको कार्यकारी भुमिका निर्वाह गरेका थिए ।  

सनराइज बैंक भन्दा अगाडी पनि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमासमेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।