सनराइज बैंकको नाफा १८% ले घट्यो, वितरणयोग्य नाफा ५२ करोड ९१ लाख

सनराइज बैंकको नाफा १८% ले घट्यो, वितरणयोग्य नाफा ५२ करोड ९१ लाख


बैकिङ्ग समाचार ।
सनराइज बैंकले खुद नाफा घटेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा बैंकको आम्दानी वढेको भएपनि खर्च बढेका कारण नाफा १८ प्रतिशतले घटेको हो । 

कले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोना भाइरसका कारण व्यवसाय विस्तार गर्न नसक्नु तथा विगतको व्यवसायमा समेत छुट दिनुपर्ने अवस्था आएपछि नाफा घटेको हो । बैंकले सो अवधिमा कर्जाको ब्याज छुट देखि कर्जाको पुनरतालिकीकरण तथा पुनसंरचनाले पनि आम्दनीमा असर गरेको देखिन्छ ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा १८.७५ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै बैंकले ४५ करोड ७५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यो खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले मात्र धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्च केही बढ्न गएको छ । बैंकले शाखा विस्तार गरेको हुनाले पनि सञ्चालन तथा कर्मचारी खर्च बढ्न गएको हो ।

कले गत आवमा ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा बैंकले ७५ अर्ब ४३ करोड करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले गत आवमा ८१ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको गत आवको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ गरेको छ । हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.९४ रुपैयाँबाट घटेर १५.५३ रुपैयाँ रहेको छ। बैंकको सञ्चित कोषमा ३ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

गत आवको अन्त्यसम्म खराब कर्जा अनुपात १.८६ प्रतिशत रहेकोे बैंकको कर्जा निक्षेप अनुपात ७१.३० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ८.९५ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप व्याज अन्तर (स्प्रेडदर) ४.३७ प्रतिशत रहेको छ । मूल्य आम्दानी अनुपात १५.०७ प्रतिशत रहेको छ ।