सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता

सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता


बैकिङ्ग समाचार । 
सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकबीच विप्रेषण कारोबारका लागि एक अर्काका प्रतिनिधि भई सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले हस्ताक्षर गरेका छन् । यस सम्झौतापछि ग्राहकहरुले अझै सहज रुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुवै बैंकले विश्वास छ ।

कामना सेवा विकास बैंकले देशका १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।