लक्ष्मी बैंकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड, खुद नाफा १ अर्ब ५९ करोड  

लक्ष्मी बैंकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड, खुद नाफा १ अर्ब ५९ करोड  


बैकिङ्ग समाचार । 
लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६२ प्रतिशत अर्थात १० करोड ५२ लाख रुपैयाँ कम हो।

बैंकले अघिल्लो आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लाे आवको सोही अवधिको तुलनामा २४ करोड २३ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा करिब १५ करोडले घटेर २ अर्ब १४ करोडमा सीमित भएको छ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ र शेयरधनी काेषमा १ अर्ब ६० कराेड रूपैयाँ रहेको छ।

बैंकको खुद नाफा घटेसंगै प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा १७ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्ताे आम्दानी यस अवधिमा घटेर १५ रुपैयाँ २३ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो।

बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८१ गुणा रहेको छ। बैंकको निष्क्रिय कर्जामा भने अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा घटेर १.०४ प्रतिशतमा सीमित भएको छ।

बैंककाे निष्क्रिय कर्जा १.२० प्रतिशतबाट १.०४ प्रतिशतमा झरेकाे छ। असार मसान्तमा बैंककाे बेस रेट ९.२३ प्रतिशत र स्प्रेड रेट ३.९४ प्रतिशत रहेकाे छ