देवः विकास बैंकलाई गाभेको कुमारी बैंकको नाफा १ अर्ब २२ करोड, वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ 

देवः विकास बैंकलाई गाभेको कुमारी बैंकको नाफा १ अर्ब २२ करोड, वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ 


बैकिङ्ग समाचार । 
कुमारी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २३ करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा गत वर्ष सामान्य घटेको छ।

कोभिडको असरका कारण बैंकको व्यवसाय विस्तार तथा ब्याज संकलनमा असर पर्दा बैंकको नाफा घटेको हो।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५ करोड ४२ लाख रुपैयाँले कम हो अघिल्लो वर्ष वितरणयोग्य नाफा ९६ करोड ७० लाख थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७६ करोड १ लाख रुपैयाँ बढेर ३ अर्ब ६३ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा १ करोड २५ लाख रुपैयाँ घटेर १ अर्ब ७५ करोड २६ लाख रुपैयाामा झरेको छ।

बैंकको कर्मचारी खर्च ९७ करोड ८८ लाख रुपैयााबाट बढेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५५ करोड ४ लाख रुपैयाँबाट बढेर ७० करोड ७२ लाख रुपैयाँ पुगेको छ। इम्पेरिमेन्ट चार्ज २२ करोड ९० लाखबाट ४२ करोड २२ लाख रुपैयाँमा पुगेको छ।

बैंकले गत आर्थिक वर्षमा १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ११ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ७३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। देवः विकास बैंकलाई गाभेका कारण बैंकको निक्षेप र कर्जा ह्वातै बढेको हो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर १०.०८ प्रतिशत, स्प्रेड दर ४.०७ प्रतिशत र कोषको लागत ६.७७ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेशियो ७५.८५ प्रतिशत छ भने पूँजीकोष अनुपात १४.४२ प्रतिशत छ।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ।