नेपाल लाईफले २२ अर्ब ८२ करोड खुद बीमाशुल्क आर्जन, १४ अर्ब बढी बीमाशुल्क संकलन

नेपाल लाईफले २२ अर्ब ८२ करोड खुद बीमाशुल्क आर्जन, १४ अर्ब बढी बीमाशुल्क संकलन


बैकिङ्ग समाचार । 
कोरोना संक्रमणका कारण अर्थतन्त्र प्रभावित भईरहेका बेला पनि नेपालका जीवन बीमा कम्पनीहरुको व्यवसाय भने औसतमा उकालो लागेको छ । यसै क्रममा नेपाल लाइफ इन्स्योरेन्सले पनि लकडाउनका बावजुद व्यवसाय बिस्तार गर्न सफल भएको वित्तीय विबरण निकालेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २२ अर्ब ८२ करोड ५० लाख ३० हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले गत असार मसान्तसम्मा आईपुग्दा २७ अर्ब ३४ करोड ३ लाख रुपैंया पुर्याएको छ र समीक्षा अवधिमा नेपाल लाइफको व्यवसाय १९.७८ प्रतिशतले बढेको हो ।

समक्षा अवधिमा चुक्ता पूँजीमा कुनै परिवर्तन नभई ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोष २ अर्ब ४३ करोड ६७ लाख ७६ हजार रुपैंयाबाट ३ अर्ब ५० करोड ७७ लाख ३७ हजार रुपैंया पुगेको छ । योसँगै इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

समीक्षा अवधिमा जीवन बीमा कोष ६५ अर्ब ६७ करोड ७४ लाख रुपैंयाबाट ८७ अर्ब २ करोड ६० लाख रुपैंया पुगेको छ भने महाविपत्ती कोष पनि ४३ करोड ६७ लाख १ हजारबाट ५५ करोड ४९ लाख ६ हजार रुपैंया पुगेको छ ।

बीमाङ्कीय मूल्यांकन गर्नु पहिलेको विबरण अनुसार इन्स्योरेन्सको खुद नाफा ५२ करोड ३२ लाख ५९ हजार रुपैंयाबाट बढेर ५३ करोड ३ लाख ७९ हजार रुपैंया कायम भएको छ । समीक्षा अवधिमा इन्सायेरेन्सको खुद नाफा ७१ लाख रुपैंयाले बढेको देखिएको हो । 

यद्यपी बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको खुद नाफाको तथ्यांकमा भारी मात्रामा परिर्वन आउने देखिन्छ । यो तथ्यांकका आधारमा भने इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैंया ६५ पैसा रहेको देखिन्छ । तर यो वास्तविक हैन । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १३०.५७ गूणाले बढी छ ।

गत असार मसान्तसम्ममा ४० हजार २४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैंया भुक्तानी गरेको इन्स्योरेन्सले १ अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।