वाणिज्य बैंकका सीइओ श्रेष्ठ र मेगा बैंकका सीइओ खुन्जेलीलाई उत्कृष्ट व्यवस्थापक उपाधी

वाणिज्य बैंकका सीइओ श्रेष्ठ र मेगा बैंकका सीइओ खुन्जेलीलाई उत्कृष्ट व्यवस्थापक उपाधी


बैंकिङ समाचार । नेपाल व्यवस्थापन संघ (म्यान)ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पाएका छन् ।

नेपाल व्यवस्थापन संघको साधारणसभामा उनले वर्षको उत्कृष्ट म्यानजेर अफ दि इअरको उपाधीबाट उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भए ।

यस्तै उत्कृष्ट महिला व्यवस्थापक मेगा बैंककी सीइओ अनुपमा खुन्जेली भएकी छन् ।  खुन्जेली वाणिज्य बैंकमा पहिलो महिना सीइओ हुन् ।

खुन्जेलीले मेगा बैंकको नेतृत्व गरेपछि मेगा बैंकले बैंक अफ दि इअरको समेत उपाधी पाएको थियो ।

म्यानले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्ने गर्छ । म्यानको साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्ने कार्यक्रम छ ।