एलआइसी नेपालको प्रगतीः १४ अर्ब बढी बीमाशुल्क संकलन गर्न सफल

 एलआइसी नेपालको प्रगतीः १४ अर्ब बढी बीमाशुल्क संकलन गर्न सफल


बैकिङ्ग समाचार । 
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले १३ अर्ब ३४ करोड लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ११ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड १५ लाख रुपैयाँ खुद नाफामा कमाउन सफल भएको थियो  ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन । 

५ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ केड ८३ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६७ अर्ब ७० करोड १४  लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । 

कम्पनीको कूल बीमा शुल्क आर्जन १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको थियो । 

यस अवधिसम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्समा ७ लाख ६२ हजारभन्दा बढी बीमालेखहरु जारी भएका छन् ।