काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् असोज २१ गते ९० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम नरोकिँदा केन्द्रीय बैंकले आज ९० अर्ब तान्ने भएको हो ।
केन्द्रीय बैंकले १२ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएका हो । राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने साँवा तथा ब्याज भुक्तानी २०८२ कात्तिक २ गते हुने बताएको छ । राष्ट्र बैंकले यसका लागी घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने उल्लेख गरेको हो ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेबापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ ।





About Us
प्रतिक्रिया