एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने

एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न सक्ने


बैकिङ्ग समाचार ।   
एनआईसी एशिया बैंकले ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरीद गर्न सकिने योजना ल्याएको छ।

यस योजनामार्फत ग्राहकले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरीद गरी किस्ताबन्दीमा v रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्नेछन् ।

बैंकले सीजी डिजिटल, एलजी लाइफ स्टाइल शोपी, इभोलुसन ट्रेडिङ (इभो), नियोटेरिक नेपाल, इको इन्फिनिटी, त्रिवेणी व्यापार कम्पनी लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ । 

जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरीद गर्न सक्नेछन् ।

यस योजनाबाट ग्राहकले आफ्नो क्रेडिट कार्डको सीमाभित्र रहने गरी न्यूनतम ३० हजार रुपैयाँदेखि अधिकतम ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नेछन्

क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टमार्फत आफूलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरीद गर्न सक्नेछन् । ग्राहकले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्ने गरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरीद गरी भरपुर फाइदा उठाउन सक्नेछन् ।

यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफूलाई चाहिने सामग्रीको कोटेसन लिएपछि शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहकले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलिभरी अर्डर दिनेछ । अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका साथै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिट/क्रेडिट) हरू मार्फत भुक्तानी गर्दा ग्राहकले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । बैंकले हाल देशभरका ३२६ शाखा कार्यालय, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।